Techie IT
  • २४ असार २०८३, बुधबार
KhojPatrika

सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित


काठमाडौं । प्रतिनिभिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्याल र नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईको नोकझोक नै चल्यो । बोल्न समय दिनेवित्तिकै राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न भन्ने अभिब्यक्ती दिएपछि सभामुख अर्यालले बोल्न रोके । राईले निरन्तर बोल्न खोजेपछि सभामुखले १५ मिनेट बैठक नै स्थगित गर्नुप¥यो ।

सधैं झै बुधबार पनि प्रतिनिभिसभाको बैठक सुरु हुने वित्तिकै प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको नेपाल–भारत सीमा सम्बन्धि अभिब्यक्तिको विपक्षी दलहरु उभिएर बिरोध जनाए । त्यसपछि सुरुमा सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारलाई बोल्न समय दिए । उनले प्रधानमन्त्री साहको राष्ट्रघाती अभिव्यक्तिका कारण सुस्ता र ठोरी लगायतका नेपाली नागरिकले सीमापारीको चर्को दवाव र मानसिक त्रास खेप्न बाध्य भएको आरोप लगाइन ।

उनले नेपालले पनि भारतको सीमा मिचेको छ भनि प्रधानमन्त्री साहले अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुले भारतीय पक्षको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य हुनु परेको बताइन । सांसद गच्छदारले संसदलाई बेवास्ता गर्ने प्रधानमन्त्रीलाई संसदमा आएर उक्त अभिव्यक्तिबारे स्पष्टिकरण दिनका लागि रुलिङ गर्न सभामुख अर्यालको ध्यानाकर्षण समेत गराइन ।

त्यसपछि सभामुख अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईलाई बोल्न समय दिए । तर, राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफनो अभिव्यक्ति दिन शुरु गरेपछि सभामुख अर्यालले उक्त भनाईप्रति आपत्ति जनाउँदै उनलाई बोल्न रोक लगाए । एमालेले बिरोध जनाइरहँदा अर्का विपक्ष दलका नेकपाका सांसद परशुराम तामाङलाई बोल्ने अनुमति दिएपछि उनले पनि बोल्न चाहेनन् ।

त्यसपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले सभामुखमाथि अपमान हुने गरी सांसद राईले अभिव्यक्ति दिइएको भन्दै नियमापत्ति जनाइन । उनले सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेकी थिइन । त्यसपछि फेरि सभामुखले उक्त अभिव्यक्तिको माफी माग्ने शर्तसहित एमाले सांसद राईलाई बोल्नका लागि समय दिए । तर सांसद राईले आफनो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले ५ वर्षसम्म संसद चलाउने ढाँचा नल्याएको भनि फेरि आलोचना गरे ।

राईको उक्त अभिव्यक्तिपछि तत्काल सभामुख अर्यालले बैठक १५ मिनेटका लागि बैठक नै स्थगित गरिदिए । झण्डै एक घण्टापछि सुरु भएको बैठकमा फेरि सांसद राईलाई सभामुख अर्यालले बोल्न समय दिए । राईले आफूले भनाई राख्दै गर्दा सभामुख अर्याल आत्तिएको बताएका थिए । सरकारले प्रतिपक्षको कुरा सुन्दै नसुनेको आरोप राईले लगाएका थिए । त्यसपछि सभामुख डोलकुमार अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधि सभाको बैठकमा बोलेका असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।

नेकपा सांसद पर्शुराम तामाङले प्रधानमन्त्री बालेन्द्र शाहको अभिब्यक्ती अहिलेसम्म नहटाइएको भन्दै ध्यानाकर्षण गराए । उनले सधैं प्रतिपक्षले प्रधानमन्त्रीको खोजी मात्रै गर्ने हो भन्दै प्रश्न उठाएका थिए ।

बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री साह संसदमा आएर आफ्नो सीमा सम्बन्धि अभिब्यक्ती सच्याउन आग्रह गरे । उनले देशमा अराजकता मौलाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष राईले प्रधानमन्त्रीलाई गाली गर्ने ब्यक्तीलाई पुर्पक्षका लागि थुनामा पठाउने तर, सांसदलाई गाली गर्ने ब्यक्ती पक्राउ नै नपरेको जिकिर गरे । उनले निरन्तर आन्दोलनमा रहेका दृष्ट्रिविहिनहरुको माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको बताएका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं