ओखलढुंगा जीप दुर्घटनामा मृतक ६ जनाकै सनाखत, घाइतेलाई काठमाडौं ल्याइदै
ओखलढुंगा १७ चैत । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका– ६ स्थित डडुवाडाँडामा भएको जीप दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षे साङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ बर्षीय बर्षिय नोर्बु शेर्पा, ४० वर्षीय ङवाङ शेर्पा र ४५ वर्षीया डोमा शेर्पा र वाङदा शेर्पा भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य तीन जना घाइते छन् । सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको जीप डडुवाडाँडास्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो । घइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्