ओखलढुंगा जीप दुर्घटनामा मृतक ६ जनाकै सनाखत, घाइतेलाई काठमाडौं ल्याइदै
ओखलढुंगा १७ चैत । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका– ६ स्थित डडुवाडाँडामा भएको जीप दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षे साङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ बर्षीय बर्षिय नोर्बु शेर्पा, ४० वर्षीय ङवाङ शेर्पा र ४५ वर्षीया डोमा शेर्पा र वाङदा शेर्पा भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य तीन जना घाइते छन् । सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको जीप डडुवाडाँडास्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो । घइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्