काठमाडौँको बसुन्धारामा बिष्फोट
काठमाडौको बसुन्धारास्थित सुन्दरमार्गमा बिस्फोट भएको छ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुगको घरमा बिष्फोट भएको हो । सिलिण्डर बिस्फोट भएको हो या बम नै बिस्फोट भएको हो भन्ने एकिन भएको छैन् । घरमा राखिएको गाडीमा बिस्फोट हुँदा सोही घरका सिसा मात्रै नभई एक सय मिटर वरिपरिका घरमा समेत क्षति पुगेको छ । अध्यक्ष गुरुगले साँढे ७ बजेतिर बिष्फोट भएको जानकारी दिए । भुइतलामा कुनै ग्यास नभएको र ग्यास बिष्फोट नभएको बताए । स्थानीयले भने बम नै बिष्फोट भएको दाबी गरेका छन् । गाडीमा आगलागी भएपछि स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । स्थानीयले बिष्फोटबाट आएको आवाजले भुकम्प आएजस्तो अनूभुति गराएको बताएका छन् । बिष्फोटबाट निकै ठुलो खाल्डो परेको छ । आसपासका पसलमा पनि सामानमा क्षति भएको छ ।
क्याटेगोरी : Uncategorized
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्