चलचित्र जनक्रान्ति निर्माण हुने

काठमाडौं । गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् ।
पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक , राजनैतिक , आर्थिक अवस्था वारे जानकारी दिन र लिन सहयोगी हुने बिस्वास व्यक्त गरे ।
हिजोको समाजको अवस्था बारे युवा पुस्ता लाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो । रुद्राक्ष फिल्स प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन ।
भाद्र दोस्रो साता देखी चलचित्रको छायाकन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रर्दशनको मिति फागुन १ का लागी तय गरिएको निर्माता रुद्र प्रसाद खनालले जानकारी दिए ।
चलचित्रमा गणतन्त्र स्थापनाका लागी भएका बिभिन्न आन्दोलनहरुको पृष्ठभुमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले बताए । सत्य घटनामा आधारीत हुने चलचित्र नयाँ पुस्ताका युवाहरुका लागी नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ ।
चलचित्रको छायाँकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया र पुर्बि नेपालको धनकुटा खोटाङ, भोजपुर तथा तराई मधेशको सर्लाहीमा गरिने छ ।
क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
तपाईको कमेन्ट लेख्नुहोस्