रविविरुद्ध जाहेरी दिने कृष्णप्रसाद सहकारी ठगीमै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको पीडित बनेर रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगीमा पक्राउ परेका छन् ।
सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अनुसन्धानमा धनुष सहकारीको ८२ लाख रकम हिनामिनामा उनी संलग्न भएको पाइएको र सोही प्रतिवेदनका आधारमा उनलाई आज पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
उनले धनुष सहकारीको ऋण उपसमितिमा बसेर कृत्रिम खातामार्फत ८२ लाख हिनामिना गरेको प्रतिवेदनमा औँल्याइएको छ। अन्य ४ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ।
उक्त सहकारीबाट ११ करोड बढी हिनामिना भएको पाइएको छ । उनीलगायतको जाहेरीका आधारमा ग्यालेक्सी टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक रवि, सञ्चालक जीबी राईलगायत विरूद्ध एक अर्ब ५१ करोड हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको हो । उक्त मुद्दा अहिले विचाराधीन रहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्