कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने गरी तयारी गरिएको छ । केन्द्रीय समितिको मंगलबार बस्ने बैठकमा नियमित महाधिवेशनको कार्यतालिकामा छलफल हुने नेताहरुले जानकारी गराएका छन् ।
सभापति गगन थापा चुनावपछि पहिलो पटक केन्द्रीय समितिको बैठकमा सहभागी हुने भएका छन् । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षता बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्विकृत गरेको थियो ।
सभापति थापाले अध्यक्षता गर्ने मंगलबारको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । नियमित महाधिवेशन गर्ने गरी यसअघि पुसको कार्यतालिका ल्याइए पनि कार्यान्वयन भएको थिएन ।
नियमित महाधिवेशन नभएसँगै विशेष महाधिवेशन गरिएको थियो । पूर्व सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्ष विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् ।
क्रियाशील सदस्यता सम्पूर्ण खारेज गरेर नयाँ सुरु गर्ने विषयमा पनि पार्टीभित्र बहस सुरु भएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार



तपाईको कमेन्ट लेख्नुहोस्