Techie IT
  • २० असार २०८२, शुक्रबार
KhojPatrika

सी जिनपिङ र मोदीबीच कजानमा भेटवार्ता


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजानमा भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनका क्रममा दुई देशका नेताहरुबीच द्वीपक्षीय भेटवार्ता भएको हो । दुई नेताबीच करिव ५० मिनेट कुराकानी भएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको तस्वीर एक्समा पोष्ट गर्दै भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘‘दुई देशका नागरिकका साथै क्षेत्रीय र विश्व शान्तिका साथै स्थिरताका लागि भारत र चीनको सम्बन्ध महत्वपूर्ण छ ।

आपसी विश्वास, आदर र संवेदनशीलताले नै दुबै देशको द्वीपक्षीय सम्बन्धको बाटो देखाउने छ ।’ भारतीय विदेश मन्त्रालयका अनुसार भेटमा दुबै नेताले एलएसी अर्थात दशगजा क्षेत्रबाट सैनिक हटाउने र २०२० मा सुरु भएको विवाद समाधान गर्ने सहमतिको स्वागत गरेका छन् ।

मोदीले दुबै देशको बीचमा रहेको विवाद र मतभेद हल गर्नुपर्नेमा जोड दिएका छन् । सीमा विवादमा दुबै देशबीच विशेष प्रतिनिधिबारे समेत सहमति भएको छ, जसले सीमामा शान्ति कायम गर्न र पारस्परिक रुपमा स्वीकार्य समाधानको खोजी गर्ने छन् ।

दुई देशका विदेश मन्त्रीस्तरीय सम्बन्धलाई पुनः अगाडि बढाउन पनि सम्वाद सुरु गरिनेछ । चिनियाँ विदेश मन्त्रालयले पनि दुबै देशको आपसी सम्पर्क र सहयोग बढाउने र असहमति तथा मतभेदलाई समझदारीका साथ सुल्झाउन दुई नेताले जोड दिएको बताएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं