एएफसी च्यालेञ्ज लिगः आज चर्च ब्वाइज र पारो भिड्ने
काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा मंगलबार चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन ‘पारो एफसी’बीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्न आफ्नो टोली तयार रहेको बताएका छन् ।
कप्तान अनन्त तामाङले पनि आफ्नो टोली शारीरिक र मानसिक रूपमा भुटानसँग खेल्नका लागि तयार रहेको दाबी गरेका छन् । पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको भन्दै खेल रोचक बन्ने बताएका छन् । गत वर्ष पनि पारो एफसी कप छनोट खेल खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पराजित भएको थियो ।
जापानका स्टार फुटबल खेलाडी केइसुके होण्डाले आज नेपालविरुद्ध खेल्ने भएकाले खेल निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । दुवै खेलका विजेताले अघिल्लो चरणको यात्रा तय गर्ने छन् ।
अघिल्लो सिजनमा नेपालको क्लब मच्छिन्द्र क्लबले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो। त्यो सफलता जारी राख्न चर्च ब्वाइजले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । पछिल्लो सिजनको तुलनामा योपटक बलियो देखिएको टोली पारो नेपालको नयाँ लिग च्याम्पियन चर्च ब्वाइजका लागि चुनौती बन्न सक्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्