चटके कुराको पछि नलाग्ने गगनको दाबी,छानविन समिति नबनाए संसद नचल्ने(भिडियोसहित)
काठमाडौं । नेपाली कांग्रेसले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको निष्कर्ष निकालेको हो । बैठकपछि महामन्त्री गगन थापाले सञ्चारकर्मीसँग कुरा गर्दै जसरी भए पनि संसद पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्यत भएको बताएका हुन ।
थप छलफल गर्न र संसदीय छानबिन समिति गठनको मागलाई सशक्त रुपमा प्रस्तुत गर्न संसदीय दलको बैठक बस्ने निर्णय भएको छ । पदाधिकारी बैठकले सोमबार दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय गरेको छ । उनले आफूहरूको माग पनि सम्बोधन होस् र संसद पनि चलोस् भन्ने सदाशयता राख्दाराख्दै पनि सरकारले रबैया देखाएको आरोप लगाए ।
उनले एमालेसँग संविधान कार्यान्वयन निर्वाचन प्रणाली, संघीयता कार्यान्वयन लगायतको विषयमा छलफल हुनसक्ने बताए । उनले अहिले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन समिति बनाएपनि गृहमन्त्रीको राजीनामा नमाग्ने प्रष्ट पारे । उनले धेरै चटके कुराको पछि नलागी संसदीय समिति बनाउन सहयोग गर्न समेत रविलाई आग्रह गरे ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, भिडियो, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #छानबिन समिति, #सहकारी ठगी
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्