रात्रीकालिन मनोरन्जन ब्यवसायी सघंद्धारा नैना दोहोरी साँझलाई ५१ हजार आर्थिक सहयोग
काठमाडौं । आगालगी बाट पुर्ण रुपँमा क्षति भएको पोखरा महानगरपालिका ८ स्थित सिर्जनचोकमा रहेको नैना दोहोरी साँझलाई रात्रीकालिन मनोरंजन ब्यबसायी संघले ५१ हजार आर्थिक सहयोग गरेको छ ।
सघंको कोटेश्वर स्थित कार्यलयमा लोकदोहोरी रेस्टुरेन्ट ब्यवसायी सघं पोखराका अध्यक्ष जिवन गुरङलाई सघंका पदाधीकारीहरुको उपस्थीतीमा सघंका अध्यक्ष आशिष खड्काले ५१ हजारको चेक हस्तान्तरण गरेका हुन ।
सघंले मनोरन्जन क्षेत्रमा मात्र नभई ब्यवसायी,कलाकार र सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा काम गरिरहेको सघंका अध्यक्ष आशिष खड्काले खोजमिसन न्युज लाई जानकारी दिए ।
कोभीडको समय होस वा कुनै ब्यवसायीको समस्या होस या कुनै कलाकारको समस्या नै किन नहोस सदैव सघं साथमा रहेको समेत खड्काले बताए ।
पोखराका अध्यक्ष गुरङले सघंलाई धन्यवाद दिदै आगामी दिनमा एकअर्का विच थप सहकार्य गदै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा सघंका महासचिव सगुन अधिकारी ,वरिष्ठ उपाध्यक्ष दिनेश थापा ,प्रथम उपाध्यक्ष सुजन श्रेष्ठ,उपाध्यक्ष राम थापा र कोषाध्यक्ष स्मृति गौतम सहभागिता रहेको थियो ।
केही समय अघि मात्र सघंले उच्च रक्तचापका कारण अस्वस्थ भई उपचाररत लोकगायक तथा सर्जक रेशम थापा लाई ५१ हजार आर्थिक सहयोग गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दोहोरी साँझ, #मनोरंजन ब्यबसायी
ताजा खबर
- १पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- २सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत
- ३होस्टल एशोसिएसनले गर्यो दोस्रो चरणको ५ दिने प्रभावकारी सार्वजनिक वक्तृत्व तथा व्यक्तित्व विकास तालिम
- ४नेपाली कांग्रेस फुट उन्मुख, गगनविरुद्ध शशांकलाई अघि सारियो
- ५सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न सर्बोच्च अदालतसँग अनुरोध



तपाईको कमेन्ट लेख्नुहोस्