प्रभु बैंक आठविसकोटबाट एक करोड ३५ लाख झ्वाम पारेर कर्मचारी फरार
रुकुमपश्चिम । प्रभु बैंक आठबिसकोट शाखाबाट करिव डेढ करोड हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बैंकका अप्रेसन इन्चार्ज निराजन शाह (निरविक्रम शाह) ले एक करोड ३५ लाख रकम झ्वाम पारेर फरार भएका छन् । बैंकको कर्णाली प्रदेशको टोली आएपनि अहिलेसम्म कुनै जानकारी दिइएको छैन् ।
टोलीले आन्तरिक अनुसन्धान गरिरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा भने एक करोड ३५ लाख रकम अपचलन भएको बैंकले नै जानकारी दिएको छ ।
बैंकको प्रदेश कार्यालयले अहिलेसम्मको अनुसन्धानबाट उक्त परिमाणको रकममा अपचलन भएको भेटाएको प्रहरीलाई बताएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #आठबिसकोट शाखा, #प्रभु बैंक, #प्रारम्भिक अनुसन्धान
ताजा खबर
- १रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- २बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ३नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ४पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ५सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत



तपाईको कमेन्ट लेख्नुहोस्