तीन जनालाई त्रिमूर्ति पुरस्कार प्रदान
	
				
			काठमाडौं । त्रिमूर्ति निकेतनले सत्रौँ त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२२ ओैँ जयन्तीका अवसर पारेर मनाइएको छ । उक्त अवसरमा तीन जनालाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरिएको हो ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.महादेव अवस्थीले प्रा.मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जयप्रसाद पाण्डेलाई पुरस्कार प्रदान गरिएको हो ।
छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदानका निम्ति प्रा.मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ दिइएको हो ।
नेपाली नाट्यविधाको श्रीवृद्धिमा निरन्तर समर्पित रही अभिनयकलाको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन विशिष्ट योगदानका निम्ति श्री हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ दिइएको बताइएको छ ।
विगत छ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको संवर्द्धन एवम् महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशन गरेबापत जयप्रसाद पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको हो । ताम्रपत्रका साथै तीनै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु प्रा.मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा, जयप्रसाद पाण्डे तथा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक यादव भट्टराई र सदस्यसचिव नरेन्द्रराज प्रसाईले आ–आफ्नो बिचार ब्यक्त गरेका थिए ।

क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #त्रिमूर्ति निकेतन, #लेखनाथ पौड्याल
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्