गाजामा इजरायलको आक्रमणः मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो
काठमाडौं । कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलले थालेको कारबाहीमा मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको छ।
गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।
इजरायली सेनाले गरेको भीषण बमबारीमा आइतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टिनीको मृत्यु भएको उनले जानकारी दिए । गाजामा मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण हुन् ।
यता अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्