तिहारको लागि ५० करोडको झिलीमिली बत्ती आयात

काठमाडौं । तिहारमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्ती विदेशबाट करिब ५० करोड रुपैयाँसम्मको आयात भएको छ। झिलीमिली बत्ती आयात गरेर पसलहरूमा बिक्रीका लागि राखिएको छ। तिहारका बेला घर, पसलमा सजाउन झिलीमिली बत्तीको धेरै प्रयोग हुन्छ।
विशेषगरी तिहारलाई उज्यालोको पर्वका रूपमा लिइन्छ। तिहार नजिकिँदै गए पनि यस वर्ष अपेक्षित रूपमा झिलिमिली बत्तीको किनमेल नभएको व्यवसायीहरूले बताएका छन्। हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गते सुरू हुँदैछ।
२५ गते कागतिहार, २६ गते लक्ष्मी पूजा, २७ गते गाईतिहार, २८ गते गोवर्द्धन पूजा र २९ गते भाइटीका परेको छ । अहिले बजारमा उपभोक्ताहरूले सोचेजस्तो खरिद नगरेको बताए । कतिपयले गत वर्ष नै झिलिमिली बत्ती किनिसकेको र यस पटक पनि त्यही प्रयोग गर्ने योजना बनाएका कारण पनि त्यति धेरै किनबेच नभएको ब्यापारीहरुको भनाई छ।
भन्सार विभागको साउनदेखि असोजसम्मको तथ्यांकमा २९ करोड ७६ लाख १ हजार ६२३ रूपैयाँ बराबरको विद्युतीय उपकरणहरू विदेशबाट आयात भएका छन् भने क्रिसमसका लागि भनेर विदेशबाट करसहित १ लाख ३४ हजार २ सयको झिलिमिली बत्ती आयात भएको देखिन्छ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्