Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना


काठमाडौं । रुसको अन्तरिक्ष यान लुना- २५ दुर्घटनामा परेको छ । रुसी अधिकारीहरुका अनुसार चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो ।

अन्तरिक्ष यानमा मानिस थिएनन् । यो अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा सोमबार अवतरण गर्नु पर्नेमा असफल भएको बीबीसीले जनाएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि देशले अन्तरिक्ष यान अवतर गर्न सकेका छैनन् । तर, चीन र अमेरिकाले चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गराएका छन् ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान पठाउन भारत र रुसबीच प्रतिस्पर्धा छ । भारतले पठाएको चन्द्रयान(३ आउँदो बुधबार चन्द्रमामा अवतरण गर्ने तयारी छ ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं