ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले ग्यालरी बैठक (पुरानो संसद भवन) सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने गरी पुनर्निर्माण गर्नुपर्ने जोड दिएका छन् । मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।
ग्यालरी बैठक भवनमा रहेका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक डिजाइन र चित्रकलासहित पुनर्निमाण गरिनुपर्ने उनीहरुको भनाइ छ । नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले ऐतिहासिक ग्यालरी बैठक (पुरानो संसद भवन)को पुनर्निर्माण तथा प्रबलिकरण कार्यमा आवश्यक मापदण्ड पूर्ण रूपमा पालना नभएको आशंका व्यक्त गरे ।
उनले पुरातत्व विभाग, सम्बन्धित निकाय तथा अभिलेखालयका आफूले ग्यालरी बैठकका सम्बनधमा छलफल गरेको उल्लेख गर्दै पुरातात्विक संरक्षणमा केही कमजोरी देखिएको बताए । आधुनिक भवन निर्माण र पुराना ऐतिहासिक भवनको प्रबलिकरण फरक भएको विषय भएको भन्दै पुनर्निर्माण वा प्रबलिकरणका क्रममा अपनाउनुपर्ने प्राविधिक तथा संरक्षणसम्बन्धी मापदण्डहरू पूर्ण रूपमा पालना गर्नुपर्ने उनको जिकिर छ ।
नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले ग्यालरी बैठक भवन निर्माण कार्य शुरु भएको ९ वर्षसम्म समेत सम्पन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सन् २०१७ देखि २०२६ सम्म आइपुग्दा पनि भवन निर्माण कार्य सम्पन्न हुन नसक्नु दुःखको विषय भएको भन्दै सरोकारवाला सबैको ध्यान जान आवश्यक रहेको बताए ।
सांसद थापाले भवन निर्माणमा ऐतिहासिक मौलिकता कायम राख्न सक्ने दक्ष आर्किटेक्टको आवश्यकता औँल्याउँदै नेपालमै त्यस्तो क्षमता नभए विदेशबाट विशेषज्ञ ल्याएर भएपनि काम सम्पन्न गर्नुपर्ने बताए । नेपाली कम्युनिष्ट पार्टीकी सांसद गोमादेवी तिमिल्सिनाले पुरानो संसद भवनको जीर्ण भाग भत्काउन नहुनेमा जोड दिइन ।
उनले विगतमा समेत धेरै पटक उक्त एतिहासिक भवनको सामानहरु लैजाने उद्देश्यले भत्काउने प्रयास गरिएको भएपनि समितिले उक्त कार्य रोकेको बताइन । बैठकमा बोल्ने अधिकांश सांसदहरुले ग्यालरी भवनलाई अपांगमैत्री र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्