सहकारी संस्थाका सञ्चालक तथा ब्यवस्थापकहरुलाई क्षमता वृद्धि तालिम

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखा र तनहुँको भिमाद नगरपालिकाको आयोजनामा सञ्चालित सहकारी संस्थाका सञ्चालक समितिहरू र व्यवस्स्थापकहरुको लागि क्षमता अभिवृद्धि तालिम भएको छ । श्रावण २२ र २३ गते सञ्चालन भएको तालिममा त्यस क्षेत्रका सहकारी संस्थाहरूबाट संस्थाका सञ्चालक समिति तथा व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।
सहकारी संघ/संस्थाहरूका सञ्चालकहरू तथा व्यवस्थापकहरूलाई सहकारी ऐन, नियमावली, नीति, नियम र प्रविधि सहित सहकारी सञ्चालनका लागि सचेतना प्रदान गर्ने गरी तालिम आयोजना गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी सञ्चालनको प्रक्रिया, सहकारीका लागि कानुनी परिवेश र सञ्चालकहरूको दायित्व, सहकारीमा नीतिगत व्यवस्था, पल्स, सहकारीको योजना, संस्थामा सञ्चालकको जिम्मेवारी लगायतका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीको प्रमुख आतिथ्ययता तथा प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालको आतिथ्यतामा भएको तालिम कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सहायक तालिम अधिकृत राजकुमार बरालले सहजीकरण गरेका थिए । तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नगर प्रमुख सुवेदीले सहकारी प्रति आम सदस्यको विश्वास घट्दै गएको भन्दै उनले तीनै तहका सरकार र अभियानको साझा प्रयास बाट पुनः सदस्यको विश्वास जागृत गर्नुपर्ने बताए । “सहर केन्द्रित केही संस्थाले गरेको बदमासीका कारण आम सहकारीमा विश्वासको सङ्कट आएकोले सहकारीप्रति सदस्यको विश्वास जगाउने क्रियाकलाप गर्नु पर्ने बताए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ताजा खबर
- १कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- २दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
- ३वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गर्दै इन्द्रजात्रा मनाइदैं
- ४भारतको मणिपुर फेरि अशान्त, कर्फ्यु लागू
- ५सुरक्षाको कारण देखाउदै पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सार्न आदेश
तपाईको कमेन्ट लेख्नुहोस्