Techie IT
  • १८ मंसीर २०८१, मंगलबार
KhojPatrika

रुकुमपूर्वमा बल्ल तल्ल हेलिकप्टर त आयो तर गर्भवतीको ज्यानै बचेन…


रुकुमपूर्व । सरकारले दुर्गम हिमाली र पहाडी जिल्लाका गर्भवती महिलालाई आवश्यक उपचारको व्यवस्था गर्न हवाई उद्धार कार्यक्रम लागू गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले निशुल्क उद्धार समेत गर्ने गरेको छ । तर रुकुममा भने एक गर्भवती महिलाको उपचार नपाएकै कारण अकालमा ज्यान गएको छ । रुकुम पूर्वकी एक गर्भवतिको अकालमै मृत्यु भएको छ ।

रुकुमको सिस्ने गाउँपालिका १ कि २५ वर्षकी महिला सपना बुढाको सुत्केरी हुने क्रममा पेटमै बच्चाको मृत्यु हुदा समस्या आएको हो । सपना बुढालाई शुक्रबार साँझ सुत्केरी व्यथा लागेको थियो । व्यथा लागे लगतै रुकुमबाट रुकुमकोट सम्म पु¥याउनलाई पनि बर्खाको बाटो स्ट्रेचरको भरमा पनि सम्भव भएन ।

सिस्ने वडा नम्बर १ जिल्ला सदरमुकाम रुकुमकोटदेखी १÷२ दिनको पैदल दुरिमा पर्दछ । जसका कारण समयमा नै सुत्करी महिला बुढालाई अस्पताल पु¥याउन समस्या भएका कारण महिलाको पेट भित्रै बच्चाको मृत्यु भएको हो । सुत्केरी हुने बेलामा सुरुमा हात र नाल निस्कनु भनेको महिला अथवा बच्चा दुवैको लागि खतराको संकेत हो ।

यता सुत्केरी बुढा पनी सोही अवस्थामा पुगेकी थिईन् । त्यसको केहि समयमा नै सुत्केरी बुढाको पेटमै बच्चाको मृत्यु हुन पुग्यो । सुत्केरी बुढालाई सिस्ने १ को भट्टेचौर स्वास्थ्यचौकी मै राखिएको थियो । यता स्वास्थ्यकर्मीले भट्टेचौरमा सुत्केरी गराउँदा समस्या पर्ने र अवस्था सामान्य छैन भन्दै रुकुम पुर्व अस्पतालमा रिफर गरेका थिए । त्यसयता हेलिकप्टरबाट ती महिलाको उद्वार गर्ने प्रयास गरिएको थियो ।

हेलिकप्टरबाट उद्धारको लागि प्रयास गरेको भएपनि मौसम प्रतिकुलताका कारण सम्भव भएन । त्यतिबेलासम्म बुढाकै अवस्था नाजुक भईसकेको थियो । मौमसका कारण समयमै हेलिकप्टर जान नसकेको तर हेलिकप्टरबाट उद्धार भएपनि केही समयमै हेलिकप्टरमै उनको समेत मृत्यु भएको हो । सुत्केरी बुढालाई उद्वार र उपचार गर्ने भनेर हेलिकप्टर उपलब्ध गराईएपनि समयमा उपचार पाउन नसक्दा उनले अकालमै ज्यान गुमाउनु परेको हो ।

सरकारले उपचार अभावका कारण कुनैपनि गर्भवतीले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गर्ने व्यवस्था समेत गरेको छ । त्यही कार्यक्रमअनुसार कतिपय गर्भवतीको उद्धार समेत हुने गरेको छ । तर रुकुम पूर्वकी बुढाका हकमा भने सबै प्रयास असफल भएको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गर्भवती महिला, #पेटमै बच्चाको मृत्यु, #राष्ट्रपति महिला उत्थान

तपाईको कमेन्ट लेख्नुहोस्