अफगानिस्तानको काबुलमा स्थानीय त्रसित
काबुल । अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिएपछि देशमा आतंकवादी गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त भइरहेको छ । काबुलका केही स्थानीयहरूले हालै सहरको अपराध दर बढेको दाबी गरेका हुन ।
स्थानीयहरुले यस मुद्दामा थप ध्यान केन्द्रित गर्नुपर्ने र काबुलको सुरक्षालाई कायम राख्न सुरक्षा संगठनको हालको प्रयास अपर्याप्त रहेको बताएका छन् । काबुलमा तेह्र दिनअघि एउटी महिलाको हत्या गरिएको थियो, र पीडितका पतिले आफ्नी श्रीमतीको निर्ममतापूर्वक हत्या भएको दाबी गरिएको छ ।
मृतक महिलाका पति अब्दुल वाहिदले आफ्नी श्रीमती घरमा एक्लै हुँदा घटना भएको बताइएको छ । अज्ञात आक्रमणकारीले उनको घरमा पसेर श्रीमतीको हत्या गर्नुका साथै केही नगद पनि चोरेका थिए ।
उनले घटना भएको तेह्र दिनभन्दा बढी समय बितिसक्दा पनि आफ्नी श्रीमतीको हत्यामा संलग्न कसैलाई पनि पक्राउ नगरिएको गुनासो गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्