राष्ट्रिय सहकारी बैंकका कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिम प्रदान
ललितपुर । राष्ट्रिय सहकारी बैक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई निरन्तर क्षमता अभिवृद्धि तालिम प्रदान गरेकोे छ । सुनसरीको इटहरीमा जेठ २७ र २८ गते सञ्चालन गरिएको २ दिवसीय तालिममा बैंकको मधेश प्रदेश र कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरूमा कार्यरत सहायक स्तरका २५ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बैंकमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी बैंकको साख र गरीमा वृद्धिमा कर्मचारीहरूलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियुक्त सेवा सञ्चालनका लागि कर्मचारीहरूलाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बैंकले जनाएको छ ।
तालिमको पहिलो बैंकका सूचना सुरक्षा अधिकृत विपुल गौतमले साइबर सुरक्षाको विषयमा र दोस्रो दिन उत्कृष्टता सदस्य सेवा, कागजात तथा जालसाजी र जाली मुद्राको प्रमाणीकरणको विषयमा मुकुल प्रधानले प्रस्तुतीकरण दिएका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्