चीनको जासूसी विरोधी कानूनले चीनमा सञ्चालित विदेशी कम्पनी जोखिममा
इजिङ । चीनको रबर स्ट्याम्प संसदले गत हप्ता देशको जासुसी विरोधी कानूनमा संशोधन गर्ने विधेयक पारित गर्यो, जसले चीनमा सञ्चालित विदेशी कम्पनीका लागि कानुनी जोखिम सिर्जना गर्ने देखिएको छ । कानूनले राष्ट्रिय सुरक्षासँग सम्बन्धित मानिने कुनै पनि सूचनाको स्थानान्तरणमा प्रतिबन्ध लगाएको छ। यद्यपि यसले चीनको राष्ट्रिय सुरक्षा वा स्वार्थ के छ भनेर विश्लेषण गरिएको छैन।
जुलाईमा लागू हुने संशोधित कानूनले राज्यका अंगहरू वा महत्वपूर्ण सूचना पूर्वाधारहरू विरुद्ध साइबर हमलाहरू समावेश गरेर जासुसीको परिभाषा विस्तार गर्दछ, डिडब्लु ले चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै लेखेको छ। यस कानुनले अधिकारीहरूलाई डाटा, इलेक्ट्रोनिक उपकरण, र व्यक्तिगत सम्पत्तिमा जानकारीमा पहुँच प्राप्त गर्न र जासुसी विरोधी अनुसन्धान गर्दा सीमा पार गर्न प्रतिबन्ध लगाउन अनुमति दिन्छ।
सन् २०१४ मा लागू भएदेखि राष्ट्रको काउन्टर–जासुसी कानूनमा यो पहिलो ठूलो संशोधन हो । विशेष गरी बेइजिङ र पश्चिमबीचको बढ्दो भूराजनीतिक र व्यापारिक द्वन्द्वको बीचमा चीनमा सञ्चालन हुने विदेशी व्यक्ति र व्यवसायहरूका लागि यो कानुनले सुरक्षा जोखिम पनि बढाउँछ।
हालैका वर्षहरूमा, चीनले दर्जनौं चिनियाँ र विदेशी नागरिकहरूलाई जासुसीको आशंकामा हिरासतमा लिएको छ । पछिल्लो पटक जापानी औषधि निर्माता एस्टेलास फार्माका एक कार्यकारीलाई बेइजिङमा हिरासतमा राखिएको थियो, डिडब्लुले लेखेको छ । चिनियाँ अधिकारीहरूले गत महिना अमेरिकी कर्पोरेट ड्यू डिलिजेन्स कम्पनी मिन्ट्ज समूहको बेइजिङ कार्यालय बन्द गरी पाँच स्थानीय कर्मचारीलाई हिरासतमा लिएको थियो। गत हप्ता अमेरिकी सल्लाहकार फर्म बेन एण्ड कम्पनीले चिनियाँ प्रहरीले सांघाईमा रहेको आफ्नो कार्यालयका कर्मचारीलाई सोधपुछ गरेको बताएको थियो ।
अधिकारीहरूलाई यी कम्पनीहरूमाथि कारबाही गर्न के कारणले प्रेरित गर्यो त्यो स्पष्ट भएको छैन। तर धेरै विदेशी अधिकारी र कम्पनीहरूले चीनको यस्तो चालहरूलाई चेतावनीको रूपमा हेरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- २अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ३निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति
- ४प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- ५आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे



तपाईको कमेन्ट लेख्नुहोस्