राष्ट्रिय सहकारी बैंकद्वारा नेपाल लेखामान तालिम सञ्चालन
काठमाडौं । नेपालको सहकारी क्षेत्रमा पहिलो पटक राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा तीन दिवसीय नेपाल लेखामान तालिम शनिवारबाट काठमाडौँमा सुरु भएको छ ।
सहकारी संस्थाहरुको लेखा व्यवस्थापनमा एकरूपता कायम गरी स्तरीय लेखा व्यवस्थापन मार्फत कानुनी परिपालनामा सहयोग पु¥याउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बैंकले जनाएको छ ।
तालिममा चार्टड एकाउन्टेनहरु (सिए) राजकुमार फुयाँल र सुदिप घिमिरेले सहजीकरण गरिरहनु भएको छ । तालिममा लेखामानका ४१ शीर्षकहरूमा छलफल हुँदैछ ।
सोमबार सम्म सञ्चालन हुने तालिममा देशभरका विभिन्न ४१ सहकारी संस्थाहरूबाट प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक, लेखा अधिकृत सहित संस्थामा लेखा हेर्ने ४५ जना कर्मचारीहरूले सहभागिता जनाएका छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्