राष्ट्रिय सहकारी बैंकद्वारा नेपाल लेखामान तालिम सञ्चालन

काठमाडौं । नेपालको सहकारी क्षेत्रमा पहिलो पटक राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा तीन दिवसीय नेपाल लेखामान तालिम शनिवारबाट काठमाडौँमा सुरु भएको छ ।
सहकारी संस्थाहरुको लेखा व्यवस्थापनमा एकरूपता कायम गरी स्तरीय लेखा व्यवस्थापन मार्फत कानुनी परिपालनामा सहयोग पु¥याउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बैंकले जनाएको छ ।
तालिममा चार्टड एकाउन्टेनहरु (सिए) राजकुमार फुयाँल र सुदिप घिमिरेले सहजीकरण गरिरहनु भएको छ । तालिममा लेखामानका ४१ शीर्षकहरूमा छलफल हुँदैछ ।
सोमबार सम्म सञ्चालन हुने तालिममा देशभरका विभिन्न ४१ सहकारी संस्थाहरूबाट प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक, लेखा अधिकृत सहित संस्थामा लेखा हेर्ने ४५ जना कर्मचारीहरूले सहभागिता जनाएका छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्