जु—जित्सु खेलमा विश्व च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गर्दै कश्मीरकी पहिलो महिला खेलाडी
बन्दीपोरा । कश्मीरको बन्दीपोरा जिल्लाको विज्जारा क्षेत्रकी २० वर्षीया युवती सबकत मलिकलाई मंगोलियामा हुने जु—जित्सु अन्तर्राष्ट्रिय महासंंघको विश्व च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गर्न छनोट गरिएको छ।
सफलताको सिँढी चढ्न निकै मिहिनेत गरेका सबकतले यसअघि पनि जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा धेरै उपाधि जितिसकेकी छन् ।
उनले नौ पटक राष्ट्रिय स्तरमा खेलिसकेकी छिन् । उनले हालसम्म राष्ट्रिय स्तरमा ६ स्वर्ण र ३ रजत पदक जितिसकेकी छन् । उनले आफ्नो क्यारियर जिल्ला स्तरबाट सुरु गरेकी थिइन् भने त्यसपछि राज्य, राष्ट्रिय र अब अन्तर्राष्ट्रिय स्तरमा खेल्दै आएकी छन् ।
‘म देशको नाम अगाडि बढाउन चाहन्छु । मसँग सुविधा छैन र धेरै कठिनाइहरूको सामना गर्नुपरेको छ, तर पनि, म जारी राख्न चाहन्छु र एक दिन म ओलम्पिक खेलाडी बन्न चाहन्छु, उनले भनिन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्