सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारका क्रियाकलाप र निर्णयहरु जनहितविपरीत रहेको टिप्पणी गरेका छन् । शुक्रवार पार्र्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र अन्य निर्णयहरू मजदुर किसानका विरुद्ध रहेको टिप्पणी गरेका हुन ।
उनले सरकारको श्रमिक वर्गविरोधी नीतिविरुद्ध सदन र सडक दुवैतिरबाट आवाज उठाउने तयारी भइरहेको बताए । उनले सरकारको जनहितविरोधी क्रियाकलापका विरुद्ध सबै प्रतिपक्षी दलहरूलाई एक ठाउँमा केन्द्रित गरेर अघि बढ्ने प्रयास भइरहेको समेत बताए । उनले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका स्थापित राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि लगाए । प्रतिक्रियावादी शक्तिहरूले दलहरूभित्र विभाजन, अन्तरकलह र भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।
उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट र अरु सबै निर्णयहरुले पनि सरकार नेपालका सबै गरिब, मजदुर, किसानका विरुद्ध छ भन्ने कुरा प्रष्ट देखिएको छ । गरिबका विरुद्ध छ, किसानका विरुद्ध छ, उत्पीडन समूदायका विरुद्ध छ र सरकार उच्च वर्गको हित गर्ने कुरामा केन्द्रित भन्ने कुरा प्रष्टसँग देखिएको छ । त्यसकारण सरकारको यो श्रमिक वर्गविरोधी गरिब मजदुर किसान विरोधी र जनाताका मौलिक अधिकार, टे«ड युनियन अधिकारलगायत अधिकारका विरुद्ध हामीले सबै मोर्चाबाट आवाज उठाउनुपर्ने छ ।
विस्तारै हामी सडक र सदनबाट पनि आवज उठाउनको लागि कोसिश अगाडि बढाइराखेका छौँ । सदनमा सबै प्रतिपक्षीहरुलाई एक ठाउँमा केन्द्रित गरेर अगाडि जाने हाम्रो कोशिस छ । सडकमा समेत यी विषयवस्तुहरु लैजान जरुरी छ । विस्तारै जनताले पनि बुझ्दै जाने स्थिति बनिराखेको छ ।
हामी आत्तिनुपर्ने छैन । अहिले पनि लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि लडेका पार्टीहरुलाई कमजोर बनाउने षड्यन्त्र अहिले पनि बनिरहेको छ । ती पार्टीहरुलाई अझै विभाजित गर्ने, त्यहाँभित्र अन्तरकलह पैदा गर्ने, झमेला र भ्रम पैदा गर्ने षड्यन्त्रमा प्रतिक्रियावादी छन् ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्