Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

रुकुमपश्चिम–जाजरकोट जोड्ने बेलिब्रिज पुल भाँचियो, ४ जनाको मृत्यु ४ घाइते


रुकुमपश्चिम । जाजरकोट र रुकुम पश्चिमको आठविसकोट नगरपालिका गोतामकोट जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । मान्छेहरु हिँडिरहेकै अवस्थामा उक्त बेलिब्रिज भाँचिएपछि ४ जनाको मृत्यृ भएको छ भने ४ जना घाइते भएका छन् ।

उक्त बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

घाइतेहरूको पहिचान खुल्न सकिरहेको छैन । घाइते बोल्न सक्ने अवस्थामा नरहेको र केही भारतीय कामदारहरू समेत रहेको बताइएको छ ।

घटनामा अन्य चार जना गम्भिर घाइते भई उपचारका लागि राडी स्थित स्वास्थ्य संस्थामा पठाएको बताइएको छ । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिने बताइएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आठविसकोट नगरपालिका, #भेरी नदीको बेलिब्रिज

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं