Techie IT
  • ८ जेठ २०८२, बुधबार
KhojPatrika

पाकिस्तानः सिन्ध प्रान्तको बदिन जिल्लामा खानेपानीको चरम अभाव


सिन्ध  ।  पाकिस्तानको सिन्ध प्रान्तको बदिन जिल्लामा खानेपानी र कृषि पानीको चरम अभाव उत्पन्न भएको पाकिस्तानी स्थानीय सञ्चारमाध्यम दैनिक जसरतले उल्लेख गरेको छ। पानीको चरम अभाव भएपछि यस क्षेत्रका हजारौं एकड खेतीयोग्य जमिनमा अन्नबाली रोप्न नसकेको र लाखौं मानिस खानेपानीबाट वञ्चित छन् ।

बदिन जिल्लाका किसान नेताहरूले नहरहरूमा रेन्जरहरू नियुक्त गर्न आह्वान गरेका छन्। बदिन जिल्लामा पानी वितरणमा गम्भीर अनियमितता भएको र सिँचाइ अधिकृतले घुस लिएर नहरमा पानी आपूर्ति गरिरहेको उनीहरुको भनाइ रहेको दैनिक जसरतले जनाएको छ ।

सिन्ध सरकारले समस्या समाधान नगरे बदिन जिल्लाभर प्रदर्शन हुने स्थानीयले चेतावनी दिएका छन्। पाकिस्तानको बलुचिस्तान प्रान्तका प्रमुख क्षेत्रहरुमा पिउने पानीको तीव्र अभाव भोगिरहेका एक्सप्रेस ट्रिब्यूनले हालै रिपोर्ट गरेको छ ।

एक प्रतिवेदन अनुसार बलुचिस्तानका बासिन्दाहरूमध्ये २५ प्रतिशत मात्र सफा पिउने पानीको पहुँचमा रहेका छन्। खानेपानी उपलब्ध गराउनका लागि काम नलाग्ने वाटर फिल्ट्रेसन प्लान्टलाई पुनःस्थापना गर्न स्थानीयले सरकारसँग माग गरेका छन् ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं