जी–२०ः भारतको गोवामा आजबाट दोस्रो स्वास्थ्य समूह बैठक
 
	
				
			पणजी । भारतको अध्यक्षतामा भईरहेको जी–२० बैठक अन्तर्गत दोस्रो स्वास्थ्य कार्य समूह बैठक आजबाट देखि गोवामा हुने भएको छ। तीन दिन सम्म चल्ने बैठक वैशाख १९ गते समापन हुँदैछ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बैठकमा जी–२० का १९ सदस्य राष्ट्र, १० आमन्त्रित राष्ट्र र २२ अन्तर्राष्ट्रिय संस्थाका १८० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।
बैठकमा स्वास्थ्य सबन्धि तीन प्राथमिकताहरूमा विषयगत छलफल हुनेछ। पहिलो प्राथमिकता एक स्वास्थ्य र एन्टिमाइक्रोबियल प्रतिरोधको साथ स्वास्थ्य आपतकालीन रोकथाम, तयारी रहेको छ । प्रभावकारी, गुणस्तरीय र किफायती मेडिकल काउन्टरमेजर (भ्याक्सिन, थेराप्युटिक्स र डायग्नोस्टिक्स) दोस्रो प्राथमिकताको विषय हो भने डिजिटल स्वास्थ्य अन्तिम प्राथमिकताका विषय रहेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्