पाकिस्तानको खैबर पख्तुनख्वामा व्यापारी तथा स्थानीय नेता, कार्यकर्ताद्वारा विरोध प्रदर्शन
खैबर पख्तुनख्वा । पाकिस्तानको खैबर पख्तुनख्वाको तिरा उपत्यकामा धेरै सशस्त्र व्यक्तिहरूको प्रवेशको विरोधमा स्थानीय राजनीतिक नेता र व्यापारी समुदायले विरोध प्रदर्शन गरेका छन् । द न्यूज इन्टरनेशनल अनुसार सुरक्षाकर्मी र प्रहरीको उपस्थिति हुँदाहुँदै पनि दर्जनौं हतियारसहितको मानिसहरु गाउँमा पस्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।
त्यसैगरी तिराह व्यापारी संघका अध्यक्ष शेर मोहम्मद अफ्रिदी लगायतले तिरा उपत्यकाको शान्ति भंग गर्न कसैलाई पनि अनुमति नभएको बताएका छन् । बाग मैदानमा हतियारधारी व्यक्तिको आगमनप्रति चिन्ता व्यक्त गर्दै वक्ताहरूले हतियारधारीहरू निर्वाध रूपमा घुमफिर गरेपनि सरकारी निकायले सुरक्षाको नाममा स्थानीय जनतामाथि कडा प्रतिबन्ध लगाएको भन्दै गुनासो गरे ।
खैबर पख्तुनख्वाको कानून र शान्ति सुरक्षा व्यवस्था लामो समयदेखि बिग्रिँदै गएको छ। यसैबीच, आदिवासी क्षेत्रहरूमा आतंककारी हमलाहरू हुन थालेका छन् । पाकिस्तानमा आतङ्कवादले फेरि बढ्न थालेको छ । पछिल्ला केही महिनाहरूमा, देशमा विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा कानून र व्यवस्थाको अवस्था बिग्रिएको छ भने आतंकवादी समूहहरूले देशभर दण्डहीनताका साथ हमलाहरू सञ्चालन गरिरहेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्