भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण
नयाँ दिल्ली । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन विश्व आर्थिक परिदृश्यु मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मूल्यवृद्धि, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरिएको हो ।
आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३-२४ मा भारतको आर्थिक वृद्धिको ६ दशमलव १ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५ दशमलव ९ प्रतिशतमा सीमित हुने उल्लेख छ । आर्थिक वृद्धिको प्रक्षेपणमा गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने आईएमएफले जनाएको छ ।
आईएमएफको वृद्धि प्रक्षेपण भारतीय रिजर्भ बैंक आरबीआईको अनुमानभन्दा कम हो । भारतको केन्द्रीय बैंकले आर्थिक वर्ष २०२३र२४ मा आर्थिक वृद्धि ६ दशमलव ४ प्रतिशत हुने आकलन गरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्