पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु
इस्लामाबाद । पाकिस्तानका विभिन्न शहरमा पीठो वितरण केन्द्रमा भागाभाग हुँदा ११ जनाको मृत्यु भएको छ । मंगलबारमात्र एक महिला र एक पुरुषको मृत्यु हुनुका साथै कैयौँ व्यक्ति घाइते भएका छन्। जनताले पीठो वितरणलाई लिएर सरकारको चर्को विरोध गरेका छन्। पहिलो भागाभाग शाहीवाल शहरमा भएको थियो। सित्तैमा पीठो लिन ठूलो संख्यामा मानिस आएका र महिला पनि लामो लाइनमा उभिएका वेला उक्त घटना भएको थियो।
द न्यूजका अनुसार समय बित्दै जाँदा भीडको धैर्य गुम्दै गयो। जसले गर्दा भागाभाग भयो र सबैले पीठोको थैलो लिन खोज्दै थिए। यो भागदौडमा एक महिलाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। यसैबीच शाहीवालका उपायुक्त तथा जिल्ला प्रहरी अधिकारी घटनास्थल पुगेका थिए। पीठो माग्नेलाई प्रहरीले लाठीचार्ज गरेको थियो। रहीम यार खानमा सित्तैमा पीठो लिन बसेका ७३ वर्षीय एक वृद्धको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। झङस्थित सरकारी ग्राजुयट ब्वाइज कलेजमा पीठो बाँड्ने ठाउँमा वृद्धामाथि भएको अत्याचारको विरोधमा महिलाले धर्ना दिएका छन्।
पीठो वितरण गर्दा कर्मचारीले भेदभावपूर्ण व्यवहार गरेको महिलाको आरोप छ। पेशावरका विभिन्न ठाउँमा निस्शुल्क गहुँको पीठो आपूर्तिलाई लिएर विरोध प्रदर्शन र झडप भएको एक्सप्रेस ट्रिब्यूनले जनाएको छ। प्रहरीले स्थिति नियन्त्रण गर्न लाचार देखिएको थियो। सित्तैमा पीठो नपाएपछि आन्दोलनकारीले कोहाट सडक बन्द गरेपछि सवारी ठप्प भएको छ।
दिनभर लामो लाइन लाग्दा पनि रित्तो हात घर फर्कनुपरेको उनीहरूले गुनासो छ। उनीहरूले नातावादका र राजनीतिक आस्थाका राखेर पीठो बाँडिएको दाबी गरेका छन्। सरकारी पीठो सित्तैमा नपाएको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ। विशेष गरी दक्षिणी जिल्लामा निःशुल्क पीठो वितरण केन्द्रमा ठूलो संख्यामा महिला भेला हुन्छन्। यसले प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ हुने गरेका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्