जी–२० सम्मेलनः पहिलो व्यापार र लगानी समूह बैठक मार्च २८ मा मुम्बईमा हुँदै
नयाँ दिल्ली । भारतको अध्यक्षता भईरहेको जी–२० सम्मेलन अन्तर्गत पहिलो व्यापार र लगानी कार्य समूह बैठक मार्च २८ देखि मार्च ३० सम्म मुम्बईमा हुनेछ ।
वाणिज्य सचिव सुनिल बर्थवालले तीनदिने बैठकमा जी– सदस्य राष्ट्रहरू, आमन्त्रित देशहरू, क्षेत्रीय समूहहरू र अन्तर्राष्ट्रिय संगठनहरूका १०० भन्दा बढी प्रतिनिधिहरू विश्वव्यापी व्यापार र लगानीलाई गति दिन छलफलमा संलग्न हुने बताए।
बैठकको ट्रेड फाइनान्स सम्बन्धी सेमिनार हुनुको साथै बैंक, वित्तीय संस्था, विकास वित्त संस्था र वित्तीय संस्थाहरूको भूमिका, निर्यात ऋण सबन्धि छलफल गरिनेछ। त्यसपछि भारत डायमण्ड बोर्सको निर्देशित भ्रमण हुनेछ। बैठकको उद्घाटन भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले गर्नेछन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्