Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

रक्षा बजेट चीनले ७ प्रतिशतले बढायो


चीन । चीनले आफ्ना सेनालाई थप शक्तिशाली बनाउने उद्देश्यले रक्षा बजेट बढाएको छ । चीनले सात प्रतिशतले रक्षा बजेट बढाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

चिनियाँ संसद (नेसनल पिपुल्स कंग्रेस) मा संबोधन गर्दै प्रधानमन्त्री ली केकियाङ्गले चीनलाई कमजोर बनाउने प्रयास तीव्र भएको भन्दै यस वर्ष रक्षा बजेट बढाउने निर्णय गरिएको बताए । उनले सीमा क्षेत्रमा सैन्य प्रशिक्षण र सबै प्रकारका तयारीलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका थिए ।

चीनले सेनाका लागि बर्सेनि करिब दुई सय अर्ब डलर खर्च गर्ने गरेको छ । यद्यपि उसको प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा यो करिब चार गुणा कम हो । संसद बैठकमा चीनले यस वर्ष ५ प्रतिशतभन्दा कम आर्थिक विकासको लक्ष्य राखेको जानकारी पनि गराइएको थियो ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं