राष्ट्रिय सहकारी बैंकको अर्धवार्षिक समीक्षा कार्यक्रम
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा कार्यक्रम काभ्रेपलाञ्चोकको धुलिखेलमा सुरु भएको छ । बिहीबार ललितपुरमा भएको समीक्षा कार्यक्रम शुक्रवार र शनिवार धुलिखेलमा हुनेछ ।
कार्यक्रम उद्घाटनमा बैंकका अध्यक्ष के.बी.उप्रेतीले चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनाको समीक्षा गर्दै चालु आर्थिक वर्षको लक्ष्यमा केन्द्रित हुन शाखा प्रमुखहरूलाई निर्देशित गर्दै, उहाँले बैंकको उद्देश्य हासिल गर्नको लागि शाखा प्रमुखहरूलाई आग्रह गरे । बैंकका सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले उद्घाटन कार्यक्रमको सहजीकरण गरेका थिए ।
शनिबारसम्म सञ्चालन हुने कार्यक्रममा बैंकको ६८ वटै शाखा कार्यालयहरूको समीक्षा र रणनीतिक समीक्षा गर्दै, बैंकले लिएको लक्ष्य, उद्देश्यहरूमा हालसम्मको उपलब्धि र थप कार्य योजनाको साथै सहकारी क्षेत्र सहित समग्र वित्तीय क्षेत्रमा देखिएको पछिल्लो समस्या र समाधानको विषयमा समेत छलफल हुने बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष के.बी उप्रेती, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्का, नायब महाप्रबन्धक राजेश श्रेष्ठ सहित विभागीय प्रमुखहरू र ६८ शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्