Techie IT
  • ८ जेठ २०८२, बुधबार
KhojPatrika

भारतले उद्धार टोली पठाएकोमा टर्कीले गर्यो प्रशंसा


नयाँ दिल्ली । टर्कीमा विनाशकारी भूकम्प परेका घाइतेको उद्धार तथा खोजी गर्न भारतले टोली पठाएकोमा टर्कीले प्रशंसा गरेको छ । २४ भारतका लागि टर्कीका राजदूत फिरात सुनेलले उद्धारका लागि टोली पठाउने देशहरूमध्ये भारत पनि एक हो र यस्तो विपद्को बेला सहयोग गरेकोमा भारतलाई प्रशंसा गरेका छन् ।

टर्कीमा केही साता अघि ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । भारतलाई मित्र भन्दै सुनेलले नयाँ दिल्लीको सहयोग देशका लागि ठूलो नैतिक समर्थन भएको बताए । । यो भुकम्पमा परि ४५ हजार भन्दा बढी मान्छेको मृत्यु भईसकेको छ भने टर्कीका १० प्रान्तका करिब १ करोड ४० लाख मानिस घाइते भएका छन् ।

दक्षिणपूर्वी टर्कीमा प्रभावित भएको थियो, यो ठूलो प्रकोप हो।स्रोतहरूका अनुसार यो पश्चिमी एसियाको इतिहासमा सबैभन्दा विनाशकारी भूकम्पहरू मध्ये एक हो।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं