भारतले उद्धार टोली पठाएकोमा टर्कीले गर्यो प्रशंसा
नयाँ दिल्ली । टर्कीमा विनाशकारी भूकम्प परेका घाइतेको उद्धार तथा खोजी गर्न भारतले टोली पठाएकोमा टर्कीले प्रशंसा गरेको छ । २४ भारतका लागि टर्कीका राजदूत फिरात सुनेलले उद्धारका लागि टोली पठाउने देशहरूमध्ये भारत पनि एक हो र यस्तो विपद्को बेला सहयोग गरेकोमा भारतलाई प्रशंसा गरेका छन् ।
टर्कीमा केही साता अघि ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । भारतलाई मित्र भन्दै सुनेलले नयाँ दिल्लीको सहयोग देशका लागि ठूलो नैतिक समर्थन भएको बताए । । यो भुकम्पमा परि ४५ हजार भन्दा बढी मान्छेको मृत्यु भईसकेको छ भने टर्कीका १० प्रान्तका करिब १ करोड ४० लाख मानिस घाइते भएका छन् ।
दक्षिणपूर्वी टर्कीमा प्रभावित भएको थियो, यो ठूलो प्रकोप हो।स्रोतहरूका अनुसार यो पश्चिमी एसियाको इतिहासमा सबैभन्दा विनाशकारी भूकम्पहरू मध्ये एक हो।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्