भुटानी महिलाले स्थापना गरे ओटीटी प्लेटफर्म समूह
थिम्पु । नेटफ्लिक्सको सफलतामा प्रेरित भई भुटानी महिला न्यामा जामले समूह नाम गरेको ओभर द टप ९ओटीटी० प्लेटफर्म स्थापना गरेको द भुटान लाइभले लेखेको छ । समूहमा मौलिक, इजाजतपत्र प्राप्त, र क्युरेट गरिएको भुटानी सामग्रीको विस्तृत श्रृंखला राखिएको छ । ।
यो प्लेटफर्म विश्वका ११७ देशबाट जुनसुकै बेला पनि हेर्न सकिन्छ । प्लेटफर्म २०२० मा स्थापना भए पनि जुलाई २०२२ मा आधिकारिक रुपमा लन्च गरिएको थियो । यद्यपि प्लेटफर्म मनोरन्जनको लागि देखिए पनि यसमा मनोरञ्जन भन्दा बढी भएको बताइएको छ ।
प्लेटफर्मले भुटानको समृद्ध संस्कृति र परम्परालाई जोगाउने लक्ष्य राखेको छ, प्लेटफर्मको सामग्रीमा मौलिक फिल्महरू, मूल वेब शृङ्खलाहरू, वृत्तचित्रहरू, सङ्गीत भिडियोहरू, र बालबालिकाका कार्टुनहरू समावेश छन्। समूहले सामग्री उत्पादन गर्न भुटानी रचनात्मक उद्योगका प्रतिभाहरूसँग पनि सहयोग गर्दछ। हालै न्यामाले मिडिया, प्रसारण र प्रविधि क्षेत्रको विधामा योगदान गरेको भन्दै राइज अवार्डमा सम्मानित भएकी थिइन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्