अबदेखि दुई पाँग्रे सवारीमा मोबाइल स्टाण्ड राख्न पाइने भो, यस्तो छ उच्च अदालतको आदेश
काठमाडौँ । केहि महिनादेखि प्रतिबन्ध लगाईएको दुई पाँग्रे सवारीमा गोप्रो क्यामरा र मोबाइल स्टाण्ड राख्न नपाइने नियम खारेज भएको छ । अबदेखि मोटरसाइकल तथा स्कुटरमा गोप्रो क्यामरा र मोबाइल स्टाण्ड राख्न पाइने भएको छ । उच्च अदालत पाटनले रिटको फैसला सुनाउँदै दुई पाग्रे सवारी साधनमा गोप्रो क्यामरा र मोबाइल स्टाण्ड राख्न दिन आदेश दिएसँगै राख्न पाउने भएको हो ।
सजिलो साथि प्रा।लिको सहकार्यमा डेविड चौधरी र आर्यन राज पाण्डेले रिट दायर गरेका थिए । यसअघि, मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेक पनि पाटपूर्जा परिवर्तन गर्ने र थप्ने क्रम बढेको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रोकेको थियो । ट्राफिक प्रहरीले यसलाई मोडिफाईको रुपमा अथ्र्याएको थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कानुनमा भएको व्यवस्था लागू गर्न लागिएको बताएको थियो । बाइकमा कुनै पनि किसिमको मोबाइल स्ट्यान्ड राख्दा वा अन्य मोडिफाई गर्दा ट्राफिक प्रहरीले ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था गरेको थियो ।
यातायात कार्यालय पठाएमा न्यूनतम ५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने प्रहरीको भनाई थियो । हाल विशेषतः पछिल्लो समय राइड शेयर सेवा दिने दुईपाग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिदै आएका थिए । प्रहरीले मोबाइल स्ट्यान्डका कारण विकृति बढेको र दुर्घटनाको जोखिम पनि बढेको भन्दै कारवाही थालेको बताएको थियो।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #मोटरसाइकल तथा स्कुटर, #मोबाइल स्टाण्ड
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्