पाकिस्तानका ४० फार्मा कम्पनीद्वारा उत्पादन बन्द गर्ने चेतावनी

इस्लामावाद । पाकिस्तानका तीन दर्जनभन्दा बढी औषधि कम्पनीहरूले कच्चा पदार्थको अभाव र मूल्यवृद्धिको मागमा ढिलाइ भएको भन्दै उत्पादन बन्द गर्ने चेतावनी दिएका छन् ।
यद्यपी, स्वास्थ्य मन्त्रालयले भने सरकारले देशमा औषधिको अभाव हुन नदिने आश्वासन दिएको छ । कच्चा पदार्थ अभाव भएको भन्दै एक साताभित्र उत्पादन बन्द गर्न लागेका ४० कम्पनीले र औषधि नियामक निकाय पाकिस्तान ९ड्राप० लाई जानकारी दिएका छन् ।
यसबाहेक, उनीहरूले ‘हार्डशिप श्रेणी’ अन्तर्गत मूल्यवृद्धिको माग गर्ने आफ्ना मुद्दाहरू अदालतले निर्णय नगरेको दाबी गरे। पाकिस्तान फार्मास्युटिकल म्यानुफ्याक्चरर्स एसोसिएसन (पीपीएमए)का अध्यक्ष सैयद फारुक बुखारीले आफूहरुले औषधीको मूल्य २८.५ प्रतिशत वृद्धिको माग गरेको डनले लेखेको छ ।
“२०१८ मा एक अमेरिकी डलर बराबर पाकिस्तानी रुपैयाँ १ सय ४० रुपैयाँ थियो तर अहिले रुपैयाँको अवमूल्यनका कारण त्यो मूल्य बढेर २ सय ७० रुपैयाँ पुगेको छ । यो अवस्थाका कारण ४० कम्पनीले स्वास्थ्य मन्त्रालय र ड्रेपलाई एक सातापछि औषधि उत्पादन जारी राख्न नसक्ने पत्र लेखेका छन्,’ उनले भने ।
फार्मा ब्यूरोका कार्यकारी निर्देशक आयशा टम्मी हकले कम्पनीहरूले डलरको चरम अभावको सामना गरिरहेको डनमा समाचार लेखिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्