जम्मू कश्मीरमा बालिकालाई निःशुल्क स्नो–स्कीइङ प्रशिक्षण
जम्मू कश्मीर । श्रीनगरबाट ५६ किलोमिटर टाढाको लोकप्रिय पर्यटक गन्तव्य र राजसी पीर पञ्जाल शृङ्खलाको फेदीमा अवस्थित गुलमर्गमा भारी र अविरल हिमपातले पर्यटकहरूलाई आकर्षित गरेको छ। देश र विदेशमा एक पर्यटक हटस्पट हुनुको साथै,गुलमर्ग साहसिक—खेलका लागि लोकप्रिय ठाउँ हो । यस क्षेत्रका स्कीयरहरू र अन्य शीतकालीन खेल उत्साहीहरू यस जाडोमा हिउँ परेकोले हर्षित छन् र गुलमर्गको बरफ उपत्यकाहरूमा स्कीइङ गर्ने तिनीहरू सामान्य दृश्य बनेका छन्।
भर्खरै, युवा सेवा खेलकुद श्रीनगरले गुलमर्गमा बालिकाको लागि स्कीइङ कोर्स सुरु गरेको छ । यो कोर्समा चालीस जना बालिकाले भाग लिएका छन् । यो कोर्स निःशुल्क सिकाइएको थियो । स्नो—स्कीइङ कोर्स इन्चार्ज मुजामिल अहमद दारले उक्त कोर्समा ठूलो संख्यामा बालिकाहरू सामेल भई स्कीइङको तालिम लिइरहेको बताए। उनले भने, कश्मीरमा स्कीइङको लागि अनुकूल वातावरण छ र हामी यसलाई धेरै भन्दा धेरै युवाहरूलाई सिकाउन चाहन्छौं। (एनएनआई)
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्