जम्मू कश्मीरमा बालिकालाई निःशुल्क स्नो–स्कीइङ प्रशिक्षण

जम्मू कश्मीर । श्रीनगरबाट ५६ किलोमिटर टाढाको लोकप्रिय पर्यटक गन्तव्य र राजसी पीर पञ्जाल शृङ्खलाको फेदीमा अवस्थित गुलमर्गमा भारी र अविरल हिमपातले पर्यटकहरूलाई आकर्षित गरेको छ। देश र विदेशमा एक पर्यटक हटस्पट हुनुको साथै,गुलमर्ग साहसिक—खेलका लागि लोकप्रिय ठाउँ हो । यस क्षेत्रका स्कीयरहरू र अन्य शीतकालीन खेल उत्साहीहरू यस जाडोमा हिउँ परेकोले हर्षित छन् र गुलमर्गको बरफ उपत्यकाहरूमा स्कीइङ गर्ने तिनीहरू सामान्य दृश्य बनेका छन्।
भर्खरै, युवा सेवा खेलकुद श्रीनगरले गुलमर्गमा बालिकाको लागि स्कीइङ कोर्स सुरु गरेको छ । यो कोर्समा चालीस जना बालिकाले भाग लिएका छन् । यो कोर्स निःशुल्क सिकाइएको थियो । स्नो—स्कीइङ कोर्स इन्चार्ज मुजामिल अहमद दारले उक्त कोर्समा ठूलो संख्यामा बालिकाहरू सामेल भई स्कीइङको तालिम लिइरहेको बताए। उनले भने, कश्मीरमा स्कीइङको लागि अनुकूल वातावरण छ र हामी यसलाई धेरै भन्दा धेरै युवाहरूलाई सिकाउन चाहन्छौं। (एनएनआई)
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्