मोदी र सिसीद्वारा आतंकवाद विरुद्ध शून्य सहनशीलता अपनाउन आह्वान
नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले आतंकवाद विरुद्ध शून्य सहनशीलता अपनाउन आग्रह गरेका छन् । शिखर सम्मेलनमा भारत र इजिप्ट सम्बन्ध थप मजबुत भएको छ । दुई देशबीच रक्षा, राजनीतिक, ऊर्जा र आर्थिक सहकार्य हुने बताइएको छ ।
यसैक्रममा भारत र इजिप्ट बीच साइबर सुरक्षामा सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो बाहेक चार ओटा अन्य क्षेत्रको लागि पनि हस्ताक्षर भएको छ ।
सीमापार आतंकवादको सन्दर्भ भारतको लागि महत्त्वपूर्ण छ । कश्मीर मुद्दामा भारत विरुद्ध पाकिस्तानको प्रचार अभियानमा इजिप्टले सहयोग गर्ने भारतको बुझाई छ । इजिप्ट एक इस्लामिक देश हो । ‘भारत र इजिप्ट विश्वभर आतंकवादको फैलावटबाट चिन्तित छन् र आतंकवाद मानवताको लागि सबैभन्दा गम्भीर सुरक्षा खतरा रहेको विचारमा एकमत छ।
सीमापार आतंकवादको अन्त्य गर्नका लागि ठोस कार्य आवश्यक छ भन्ने कुरामा दुवै देश सहमत छन्। र यसका लागि हामी मिलेर अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउने प्रयास जारी राख्नेछौं’ भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनमा भनेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्