सुनको मूल्यमा उच्च रेकर्ड, छापावाला सुन तोलाको १ लाख ७ हजार ५ सयमा कारोबार
काठमाडौं । बिहीबार सुनको मूल्यमा अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन तोलामा १ हजार २ सय रुपैयाँले बढेर छापावाल सुन १ लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुनको मुल्य भने १ लाख ७ हजार रूपैयाँ पुगेको छ । बुधवार छापावाल सुनको कारोबार तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा भएको थियो। यसअघि अघिल्लो साता मात्रै पनि सुनले उच्च मुल्यको रेकर्ड कायम गरेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधवार चाँदी प्रतितोला एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्