नातु नातु’ गीत सहित भारतबाट तीन ओटा ओस्कर मनोनयनमा
नयाँ दिल्ली । ९५ औँ संस्करणको एकेडेमी अवार्ड (ओस्कर) मा भारत तीन ओटा मनोनयनमा पर्न सफल भएको छ । एसएस राजामौलीको ब्लकबस्टर फिल्म आरआरआर बाट नातु नातु गीत, डकुमेन्ट्री फिचर विधामा ‘अल दैट ब्रेथ्स’ र छोटो वृत्तचित्र विधामा ‘द एलिफ्यान्ट व्हिस्परर्स’ मनोनयनमा परेको छ ।
त्यसो त तेलुगु हिट डान्स ट्राक नातु नातुले गोल्डेन ग्लोब जिति सकेको छ । यो सँगै यो गीत गोल्डेन ग्लोब जित्ने पहिलो भारतीय गीत पनि हो । ओस्कारमा फिल्म विधामा भारतको आधिकारिक प्रतिनिधित्व गरेको गुजराती फिल्म छेल्लो शो ९द लास्ट शो० भने अन्तिम पाँचमा पर्न असफल भयो। मार्च १२ मा लस एन्जलसको डल्बी थिएटरमा ओस्कार प्रस्तुत गरिने छ।
यसअघि २०१७ र २०१८ मा अवार्ड शोको नेतृत्व गरिसकेपछि जिमी किमेल यस पटकको ओस्कारमा होस्टको रूपमा फर्किएका छन्। कोभिड१९ को कारणले २०२० र २०२१ मा अवार्ड होस्ट बिहिन सञ्चालन गरिएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्