पाकिस्तानको पेशावरमा भएको विष्फोटमा परी ५९ जनाको मृत्यु
पाकिस्तान । पाकिस्तानको पेशावरमा भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको छ । १ सय ५७ जना घाइते भएका छन् । प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो आत्मघाती विष्फोट भएको थियो ।
मस्जिद रहेको उक्त क्षेत्र सबैभन्दा बढी नियन्त्रित क्षेत्रमध्ये एक भएको जनाइएको छ । जहाँ प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद विरोधी व्युरोका कार्यालयहरु छन् । उच्च सुरक्षा प्रवन्ध मिलाइएको क्षेत्रमा भएको विष्फोटपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै आतंकवादीहरुले पाकिस्तानको रक्षा गर्नेहरुलाई निशाना बनाएर डर पैदा गर्न खोजेको टिप्पणी गरेका छन् ।
शरीफले आतंकवादविरुद्ध पूरा देश एकजुट रहेको पनि बताएका छन् । पेशावरका प्रहरी प्रमुख मोहम्मद एजाज खानले स्थानीय मिडियालाई बताएअनुसार विष्फोटको समयमा उक्त क्षेत्रमा ३०० देखि ४०० प्रहरी रहेको अनुमान छ । सुरुमा पाकिस्तानको तालिबानका एक कमाण्डरले घटनाको जिम्मेवारी लिएका थिए । तर, त्यसको केहीबेरमै उक्त संगठनले आक्रमणमा संलग्नता नरहेको बताएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #पाकिस्तानको पेशावर
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्