नेपाली बजारमा सुनको मूूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, गत वर्ष छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार ८ सय कायम छ । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा १३ सय ६५ रुपैयाँ छ । हिजो १३ सय ८० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #नयाँ कीर्तिमान, #सुनको मूूल्य
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्