नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमान झापामा अवतरण
काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरिएको छ ।
आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।
बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जानकारी दिएको छ । उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।
मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको जनाइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #श्री एयरलाइन्सको ४४०
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्