Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

राष्ट्रिय सहकारी बैंकको रणनीतिक कार्यदिशामा छलफल


ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको रणनीतिक कार्यदिशा सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा मङ्गलवारबाट सुरु भएको कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले बैकले लिएको १० वर्षे रणनीतिक योजनाका विभिन्न रणनीतिक स्तम्भहरू र ध्येयहरूको चर्चा गर्दै उद्देश्यमा केन्द्रित भई लक्ष्य हासिल गर्नुपर्ने बताए ।

गत आर्थिक वर्षमा “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” परिकल्पना लिई अघि बढेको भन्दै बैंकलाई सबल, सक्षम र प्रभावकारी बनाई सदस्यलाई दिने सेवामा कुनै कमी हुन नदिने कुरामा जोड दिए । अध्यक्ष उप्रेतीले संघहरुको प्रर्बद्धनको लागि रणनीति योजना तयार गरी एनसिविएल लघुवित्तको मोडल तयार गर्नुपर्ने कुरामा जोड दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको रणनीतिक योजनाको खाकाको विषयमा जानकारी गराउनुहुँदै बैंकको योजनाको पृष्ठभूमिको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा बैंकले आर्थिक वर्ष २०७९/०८० देखि २०८८/०८९ सम्मको लागि तय भई लागु भएको १० वर्षे रणनीतिक योजनामा छलफल र अन्तरक्रिया गर्दै आगामी ४ वर्षे व्यावसायिक योजना बनाउने छ ।

बैंकले गत आर्थिक वर्ष देखि सदस्यहरुको दीगो बिकासका लागि नवीनतम प्रविधिसहित प्रतिस्पर्धी एवम् गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्ने, नेतृत्व एवम् व्यावसायिक जनशक्ति बिकास र परिचालन गरी जिम्मेवार व्यवसाय सञ्चालन मार्फत बैंक र सदस्यहरुमा संस्थागत सुशासन कायम गर्ने गराउने र सहकारी क्षेत्रको व्यावसायिकता बिकासका लागी सम्बन्धित सरोकारवालाहरुसंगको समन्वयमा निरन्तर बहस पैरवी गर्ने ध्येय तय गरेको छ । बैंकका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारीहरूको सहभागितामा रहेको कार्यक्रम बुधवार सम्पन्न हुनेछ ।


क्याटेगोरी : अर्थ, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं