भारतको अरुणाचलमा सेला सुरुङ परियोजनाले यातायात सुविधामा सहज

काठमाडौं । भारतको अरुणाचल प्रदेशको पश्चिम कामेङमा निर्माणाधीन सेला सुरुङ परियोजनाले तवाङ क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । बोर्डर रोड अर्गनाइजेशनले निर्माण गरिरहेको दुई लेनको सुरुङ १३ हजार फिटभन्दा माथिको रहेको छ ।
यो नै यति अग्लो स्थानमा निर्माण भएको सबैभन्दा लामो सुरुङ मार्ग हुनेछ। यसले तवाङलाई यातायातमा सहज बनाउनेछ । सेला पास मुनि निर्माण भइरहेको सुरुङलाई १२।४ किलोमिटरको नयाँ सडकले नेशनल हाइवे १३ राजमार्गमा जोडिनेछ र दिराङ र तवाङबीचको दूरी १० किलोमिटरले घटाउनेछ ।
यो परियोजनामा १,७९० मिटर र ४७५ मिटर लम्बाइका दुई सुरुङमार्गमा ९८० मिटरको एस्केप ट्यूब समावेश छ। सेप्टेम्बर २०२१ मा, रक्षा मंत्री श्री राजनाथ सिंहले सेला सुरुङ राष्ट्रको लागि महत्वपूर्ण परियोजना भएको बताएका थिए । यसले देशको सबैभन्दा दुर्गम भागहरूलाई पनि जोड्ने छ। सुरुङमार्गले यातायात सुविधामा सुधार गरी स्थानीय जनताको सामाजिक–आर्थिक अवस्थालाई निकै फाइदा पुग्ने विश्वास लिइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्