टीटीपी उपस्थितिबारे पाकिस्तानी मन्त्रीको टिप्पणीलाई अफगान रक्षा मन्त्रालयद्वारा खण्डन

काठमाडौं । पाकिस्तानले अफगानस्थानमा तेहरिक तालिबान पाकिस्तान (टीटीपी) उपस्थिति रहेको पाकिस्तानी मन्त्रीको भनाईलाई अफगानी रक्षा मन्त्रालयले खण्डन गरेको छ ।
अफगानस्थानले आफू सार्वभौमसत्ता राष्ट्र भएको र कुनै पनि क्षेत्रीय अखण्डताको रक्षा गर्न राष्ट्र तयार भएको प्रतिक्रिया दिएको छ । त्यसो त पाकिस्तानको यो भनाईलाई अफगानस्थानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाकिस्तानको उक्त टिप्पणीलाई उत्तेजक र आधारहीन भन्दै भनेको छ ।
एक्सप्रेस न्युजसँगको एक अन्तर्वार्तामा पाकिस्तानी मन्त्रीले काबुललाई ध्वस्त नगरे इस्लामाबादले अफगानिस्तानमा रहेको तहरीक—ए—तालिबान पाकिस्तान (टीटीपी) लुकेका ठाउँहरूमा आक्रमण गर्न सक्ने बताए।
राजनीतिक विश्लेषक सैयद अकबर आगाले यसको समाधान दुवै पक्षले वार्ता मार्फत समस्या समाधान गर्नुपर्ने बताए । यद्यपी, विश्लेषकले काबुल र इस्लामाबादको टिप्पणी चिन्ताजनक रहेको बताएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्