एप्पलको पार्टस्ले भारतको यूपीमा २,८०० करोड लगानी गर्दै
काठमाडौं । चीनमा कोभिडका कारण खस्किएको आपूर्तिलाई मध्यनजर गर्दै एप्पलले भारतमा उत्पादन बढाउने योजना बनाएको छ । केही एप्पलका पार्टस् निर्माताले आपूर्तिकर्ताहरूले प्राधिकरणमा जग्गाको लागि आवेदन दिएको क्सप्रेसवे औद्योगिक विकास प्राधिकरणले जनाएको छ । जसले गर्दा भारतमा हजारौँ रोजगारी सिर्जना हुनुको साथै २८०० करोड भारतीय रुपैयाँ लगानी हुने भएको छ ।
अरुण वीर सिंहले यी कम्पनीहरूले ग्रेटर नोएडाको जेवर एयरपोर्ट नजिकै यमुना प्राधिकरण अन्तर्गत सेक्टर २८ मा जग्गाको लागि आबेदन दिएका छन् । सेइको एडभान्स लिमिटेडले मात्रै रु ८५० करोड लगानी गर्ने र हजारौंलाई रोजगारी दिने उनले बताए । सिंहले एप्पलका पाट्र्स निर्माताहरुले दक्षिण कोरियामा भर्खरै आयोजित बैठकमा लगानीको प्रस्ताव गरेका थिए ।
यसैबीच, एप्पलले चीनको शून्य कोभिड आइफोनको आपूर्तिमा समस्या परेको छ जसले गर्दा आइफोन १४ प्रो मोडल बजारमा अभाव देखिएको थियो । एप्पलले यस्तो नहोस् भन्नको लागि भारत र भियतनाममा आफ्नो उत्पादन योजनाहरू द्रुत रूपमा अगाडि बढाइरहेको छ ।
वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार फक्सकनको नेतृत्वमा ताइवानी एसेम्बलरहरूमा निर्भरता कम गर्नआफ्नो आपूर्तिकर्तालाई विशेष गरी भारत र भियतनाममा एसेम्बल गर्न थप सक्रिय बनाइरहेको छ । अब प्रत्येक चौथो आईफोन २०२५ सम्म भारतमा बन्नेछ । एप्पलले पहिलो पटक सन् २०१७ मा भारतमा आईफोन एसई मार्फत आईफोन उत्पादन गर्न थालेको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्