एप्पलको पार्टस्ले भारतको यूपीमा २,८०० करोड लगानी गर्दै
काठमाडौं । चीनमा कोभिडका कारण खस्किएको आपूर्तिलाई मध्यनजर गर्दै एप्पलले भारतमा उत्पादन बढाउने योजना बनाएको छ । केही एप्पलका पार्टस् निर्माताले आपूर्तिकर्ताहरूले प्राधिकरणमा जग्गाको लागि आवेदन दिएको क्सप्रेसवे औद्योगिक विकास प्राधिकरणले जनाएको छ । जसले गर्दा भारतमा हजारौँ रोजगारी सिर्जना हुनुको साथै २८०० करोड भारतीय रुपैयाँ लगानी हुने भएको छ ।
अरुण वीर सिंहले यी कम्पनीहरूले ग्रेटर नोएडाको जेवर एयरपोर्ट नजिकै यमुना प्राधिकरण अन्तर्गत सेक्टर २८ मा जग्गाको लागि आबेदन दिएका छन् । सेइको एडभान्स लिमिटेडले मात्रै रु ८५० करोड लगानी गर्ने र हजारौंलाई रोजगारी दिने उनले बताए । सिंहले एप्पलका पाट्र्स निर्माताहरुले दक्षिण कोरियामा भर्खरै आयोजित बैठकमा लगानीको प्रस्ताव गरेका थिए ।
यसैबीच, एप्पलले चीनको शून्य कोभिड आइफोनको आपूर्तिमा समस्या परेको छ जसले गर्दा आइफोन १४ प्रो मोडल बजारमा अभाव देखिएको थियो । एप्पलले यस्तो नहोस् भन्नको लागि भारत र भियतनाममा आफ्नो उत्पादन योजनाहरू द्रुत रूपमा अगाडि बढाइरहेको छ ।
वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार फक्सकनको नेतृत्वमा ताइवानी एसेम्बलरहरूमा निर्भरता कम गर्नआफ्नो आपूर्तिकर्तालाई विशेष गरी भारत र भियतनाममा एसेम्बल गर्न थप सक्रिय बनाइरहेको छ । अब प्रत्येक चौथो आईफोन २०२५ सम्म भारतमा बन्नेछ । एप्पलले पहिलो पटक सन् २०१७ मा भारतमा आईफोन एसई मार्फत आईफोन उत्पादन गर्न थालेको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्