सात वटै प्रदेशमा सकियो राष्ट्रिय सहकारी बैंकको एकाइ स्तरको १९औं वार्षिक साधारण सभा
 
	
				
			ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको एकाइ स्तरमा भएको १९औं वार्षिक साधारण सभा शनिवार सकिएको छ । प्रदेश अन्तर्गत एकाइहरूमा भएको साधारण सभा प्रदेश नम्बर एकको सम्पूर्ण जिल्लाहरूको अतिथि सदन विराटनगर मोरङमा, मधेस प्रदेशको सम्पूर्ण जिल्लाहरूको धर्म संस्था व्याहुत कलवार चौरासी जनकपुरमा, बागमती प्रदेशको सम्पूर्ण जिल्लाहरूको स्काई दरबार बैंकेट सिंहदरबार काठमाडौंमा, गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाहरूको पोखरा सभागृहमा, लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरूको दरबार लन रुपन्देहीमा, कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरूको शुभ होटेल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूको ओम प्यालेस धनगढीमा भएको थियो ।
साधारण सभामा बैंकका अध्यक्ष के.बी.उप्रेतीले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट तथा कार्यक्रम र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक लक्ष्मी प्रसाद उप्रेतीले प्रस्तुत गरेका थिए । बागमती प्रदेश अन्तर्गतको सभामा प्रस्तुत भएको प्रतिवेदनहरू भर्चुअल माध्यमबाट अन्य प्रदेशको साधारण सभामा हेर्ने व्यवस्था मिलाइएको थियो ।
साधारण सभाको अवसरमा बैंकले विभिन्न बुँदाका पुरस्कारहरू घोषणा गरेको छ । उक्त पुरस्कार बैंकको स्थापना दिवसमा वितरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए । प्रदेश स्तरको एकाइ साधारण सभाबाट पुस १८ गते हुने केन्द्रीय सभाको निर्णय प्रमाणित गर्न सबै प्रदेशबाट प्रतिनिधिहरू छनौट भएका छन् ।सात ओटै एकाइ साधारण सभामा सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरूले उत्साहजनक सहभागिता रहेको थियो ।
बागमती प्रदेशको एकाइ सभामा बैंकका अध्यक्ष के.बी उप्रेतीको अध्यक्षता रहेको थियो, भने प्रदेश नम्बर एकमा सञ्चालक एवम् प्रदेश संयोजक अमृता सुब्बा, मधेस प्रदेशमा सञ्चालक एवम् प्रदेश संयोजक विश्वनाथ मण्डल, गण्डकीमा सञ्चालक एवम् प्रदेश संयोजक राम बहादुर जि.सी. लुम्बिनीमा सञ्चालक माधवलाल देवकोटा, कर्णालीमा सञ्चालक एवम् प्रदेश संयोजक हरिहर नाथ योगी र सुदूरपश्चिम प्रदेशमा सञ्चालक एवम् प्रदेश संयोजक शिवा थापाले अध्यक्षता गरेकी थिइन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्